Logo

गायिका आस्थालाई आजै रिहा गर्न नेकपा नेताहरुको दबाव



Spread the love

१४ माघ, काठमाडौं । आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको चौतफी सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् ।

नेकपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको बताए । उनीहरुले सरकारलाई बदनाम गराउने काममा प्रहरी र प्रशासनले निरन्तर यस्ता गतिविधि गरेको भन्दै आपत्ति समेत जनाएका हुन् ।

पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिकेपछि पनि हिरासतमा राख्नु उचित नभएको भन्दै प्रक्रिया पूरा गरेर आजै हिरासतमुक्त गर्न माग गरेका छन् ।

राउतलाई भने हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्