Logo

सारा श्रीपाली गुन्जनको डबिङमा व्यस्त



Spread the love


काठमाडौं । नायिका सारा श्रीपाली गुन्जन चलचित्रको डबिङमा व्यस्त छिन् ।
दुई दशकदेखि द्धन्द्ध निर्देशकको रुपमा काम गरिरहेका अष्ट महर्जनले यस चलचित्रमार्फत् निर्देशनको बाटोमा पाइला हालेका छन् । गुन्जन चलचित्र प्रेमकथामा आधारित रहेको छ ।

चलचित्रमा साराको जोडीको रुपमा प्रितमराज सेन्चुरी रहेका छन् । प्रितमराजले यस चलचित्रबाट कलिउडमा पाइला टेकेका छन् । चलचित्रमा गुन्जन र प्रितमराज बाहेक सरोज खनाल, कविर खड्का, निरुता स्याङताङ, हिउँवाला गौतम, सस्मिता बराल, कन्चन चालिसे लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

साराले रुद्र चलचित्रबाट कलिउडमा पाइला हालेकी थिइन् तर कमाइ गर्न सकेन । त्यसपछि उनी सुश्री सम्पत्तिमा खेलिन् । उक्त चलचित्र पनि फ्लप भएपछि केही समय खाली बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्