Logo

बच्चालाई आदेश होइन मार्गदर्शन जरुरी !



Spread the love

जब बच्चा कुनै कारणले दुःखी भएर, चिन्तित भएर घर र्फकन्छन्, तब आमाबुवाले उनलाई चिन्तित नहुनका लागि सान्तवना दिन्छन् ।यद्यपी यो समस्याको हल भने पक्कै होइन । यस्तो सुनेर बच्चाहरु स्वयम् लज्जित हुन पुग्छन् । यसले उनीहरुलाई महसुष हुँदैन कि अभिभावकले उनलाई सम्झाइरहेका छन् । उनीहरु आफुलाई एक्लो अनुभूत गर्न थाल्छन् ।

अभिभावकले बच्चा किन दुःखी छन्, उनीहरु क चाहन छन् भन्ने कुरा बुज्ने प्रयास गर्नुपर्छ । उनीहरुको भावनालाई सम्मान गर्नुपर्छ । बच्चालाई आत्मियता अनुभूत हुनुपर्छ ।

बच्चा के कारणले दुःखी भएका हुन् त्यसबारे अभिभावकले चासो राख्नुपर्छ । तब त उनीहरु अभिभावकसँग नजिक भएको अनुभूत गर्छन् । उनीहरु अभिभावकसँग मिलेर आफ्नो समस्या हल गर्ने प्रयास गर्छन् ।

तपाई आफ्नो बच्चासँग साथीको जस्तै सम्बन्ध कायम राख्नु पर्छ । दुबैले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । अक्सर हामी बच्चालाई आदेश दिने गर्छौं । यो गर, त्यो नगर भनेर । यसरी आदेश दिनुभन्दा उनीहरुले कसरी गरिरहेका छन्, कसरी खाइरहेका छन् त्यसलाई हेरेर उपयुक्त मार्गदर्शन दिनुपर्छ ।

उनीहरुलाई यो कुरा पनि महसुष गराउनुहोस् कि जीवनमा सबैकुरा संभव छ र जे पनि गर्न सकिन्छ । बच्चाको अगाडि संभावनाको ठूलो संसार छ । उनीहरुलाई नकारात्मक हुनबाट चाहि बचाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्