Logo

ग्रामी अवार्डमा पहिरनको कारण ट्रोल बनिन – प्रियंका



Spread the love

विश्वभर चर्चाको शिखरमा रहेकी अभिनेत्री हुन्-प्रियंका चोपडा अहिले हलिउडमा छाउनमै व्यस्त छिन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा आइरहने अभिनेत्री हुन् ।

बलिउडदेखि हलिउडसम्म छलांग मारेकी प्रियंका आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनस र उनका भाइले पनि प्रस्तुती दिएकी थिइन् ।

आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक भएकी प्रियंकाले जे लगाइन् त्यो चर्चाको विषय बनेको छ । उक्त पहिरनले विभिन्न अन्तर्राष्ट्रिय फेशन आइकनलाई प्रियंकाको यो लुक निकै मन पर्‍यो भने कतिले उनलाई यही परिरनका लागि ट्रोल पनि गरिरहेका छन् । प्रियंका श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा सरिक भएकी थिइन् ।

उनलाई देख्दा सबैको ध्यान उनीमाथि नै अड्किएको थियो । यहाँ प्रियंकाको ड्रेसले सबैको ध्यान तानेको थियो । प्रियंकाले निकै खुल्ला किमोनो गाउन लगाएकी थिइन् ।

अहिले उनको सामाजिक संजालमा चौर्फी आलोचना भएको छ । कहिले उनको सकारात्मक टिप्पणी त कहिले नकारात्मक टिप्पणीसहित । पछिल्लो पटक उनको पहिरनले नकारात्मक टिप्पणी पाएको छ । अहिले दर्शकले ट्रोल गरेका छन्।

Image result for ग्रामी अवार्डमा प्रियंका

प्रतिक्रिया दिनुहोस्