Logo

‘ए’ डिभिजन लिग: अपराजित मनाङलाई साविक उपविजेता संकटाको चुनौती



Spread the love

१५ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङदी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने एकमात्र खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हनेछ ।

यस पटक मनाङले उपाधि रक्षा गर्ने अभियानलाई कायम राख्दै आठौं चरणसम्म अपराजित रहने एक्लो टोली बनेको छ । संकटाले भने गत सिजनजस्तो प्रदर्शन देखाउन सकेको छैन ।

मनाङको लागि दोस्रो स्थानमा उक्लने अवसर पनि छ । ८ खेलबाट १६ अंकसहित मनाङ तेस्रो स्थानमा छ। उता, ८ खेलबाट १२ अंकसहित संकटा सातौं स्थानमा छ। मनाङलाई पराजित गर्ने सके संकटा पनि चौथो स्थानमा उक्लनेछ ।

प्रतिक्रिया दिनुहोस्