Logo

भागवत गीताका केहि जीवनोपयोगी भनाई



Spread the love

महाभारतको युद्धमा अर्जुन र कृष्णबीचको प्रश्नोत्तरबाट श्रीमद्भागवत गीताको रचना भएको । भनिन्छ, सबै वेद, उपनिषद् पुराणको निष्कर्ष नै गीता हो । गीता १८ अध्यायमा लेखिएको छ ।

त्यसबेला अर्जुनलाई दिएको उत्तरहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । यदि हामीले भागवत गीताको केही ज्ञान हाम्रो जीवनमा आत्मसात गर्ने हो भने कष्ट, तनाव, द्विविधा, भ्रम आदिबाट मुक्त हुन्छौं । वितेको समय र आउने समयको चिन्ता नगर । किनभने जे हुनुछ, त्यो भएरै छाड्छ । जे हुन्छ, राम्रो हुन्छ ।
-परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ ।
-आफ्नो क्रोधमाथि नियन्त्रण गर । क्रोधले भ्रम पैदा गर्छ ।
-आफुलाई ईश्वरमा समर्पण गर । उनैले हाम्रो दुःख, भय, चिन्ता, शोक र बन्धनबाट मुक्त गराउनेछ ।
-हामीले आफ्नो दृष्टिकोण शुद्ध गर्नुपर्छ ।
-अशान्त मनलाई शान्त राख्ने अभ्यास गरौं । अन्यथा अनियन्त्रित मन हाम्रो शत्रु बन्नेछ ।
-हामीले जस्तो कर्म गर्छौं, त्यस्तै फल प्राप्त हुन्छ । यसैले कर्म गर्नुअघि विचार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्