Logo

यदि जीवनमा सुख र सफलता चाहनुहुन्छ भने अल्छी हुनबाट बच्नुहोस्!



Spread the love

गरुड पुराणमा जीवनलाई सुखी र सफल बनाउने सूत्र बताइएको छ जुन पालना गर्दा हाम्रा विभिन्न समस्या हट्न सक्छ । गरुड पुराणको आचारकान्डमा यस्ता केही गलत काम बारे जानकारी दिइएको छ जसका कारण जीवन दुःखी हुने गर्छ ।
– अत्यधिक चिन्ताबाट बच्नुहोस्ः
जो व्यक्ति अत्यधिक चिन्ता गर्छन् उनीहरुले सबै काममा बाधा व्यवहोर्नुपर्छ । अत्यधिक चिन्ता गर्दा अनुहारको चमक र ऊर्जा समाप्त हुन्छ ।
– अपरिचित भयबाट बच्नुहोस्ः
जुन व्यक्तिमा असुरक्षाको भावना हुन्छ, उनीहरु कुनै पनि काम पूर्ण शक्ति प्रयोग गरेर गर्न सक्दैनन् । यस्तो स्थितीमा सफलता अझै टाढा हुने गर्छ ।
– ईर्ष्याबाट बच्नुहोस्ः
धेरै मानिसहरु आफ्ना साथीको इर्ष्या गर्छन् र उनीहरु सफल, सुखी भएको देखेर दुःखी हुन्छन् । यदि हाम्रो पनि यस्तो बानी छ भने यसले हाम्रो जीवनबाट सुख खोस्ने गर्छ ।
– क्रोध नगर्नुहोस्ः
क्रोधलाई हाम्रो सबैभन्दा ठूलो शत्रु मानिएको छ । क्रोधमा भनिएको कुराले सम्बन्ध खराब हुनुको साथै बनिसकेको काम पनि बिग्रने गर्छ ।
– अल्छी नगर्नुहोस्ः
यदि जीवनमा सुख र सफलता चाहनुहुन्छ भने अल्छी हुनबाट बच्नुहोस् । कुनै पनि काममा अल्छी नगर्नुहोस् ।
– गलत कुरा नसोच्नुहोस्ः
जो व्यक्ति सधैं गलत कुरामा अर्थात् अपवित्र विचारमा उल्झिएका हुन्छन्, उनीहरुको जीवनमा सधैं अशान्तिले डेरा जमाएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्