Logo

एयरपोर्टमा फ्यानलको हातबाट मोबाइल खोसेपछि विवादमा-सलमान ?



Spread the love

बलिउडका चर्चित सुपस्टर सलमान खान एकाएक विवादमा आएका छन् । सलमान कहिलेकाही फ्यानमाथि भड्किन्छन् । खान मङ्गलवार चलचित्र ‘राधे’को छायांकन गर्न गोवा एयरपोर्टका कर्मचारीको हातबाट मोबाइल फोन खोसेपछि विवादमा आएका छन् ।

गोवाको विमानस्थलमा उनलाई हेर्नका लागि सयौ फ्यान उपस्थित थिए ।  सलमान विमानस्थबाट बाहिर निस्कदै गर्दा एक जना फ्यानले आफ्नो मोबाइलमा भिडियो रेकड गरेको देखेर एकाएक भड्किएको र उनको मोबाइल नै खोसि दिएका छन् । अहिले सामाजिक सञ्जालमा मोबाइल खोसेको भिडियो निकै भाइरल भएसँगै विद्यार्थी सङ्घले सलमान विरुद्ध प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

सलमानले सार्वजनिक रूपमा माफी नमागेसम्म उनलाई प्रतिबन्ध लगाउन भारत काँग्रेसी विद्यार्थी सङ्घ (एनएसयूआई)ले पहल गरेको छ । गोवा भाजपाका महासचिव तथा पूर्व सांसद नरेन्द्र सवाईकरले पनि खानको सो व्यवहारको निन्दा गर्दै माफी माग्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्