Logo

रोहित र पर्सिजाबीच दुई वर्षका लागि सम्झौता नविकरण



Spread the love

१५ माघ, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अर्को दुई सिजन इन्डोनेसियाको शीर्ष डिभजिनको पर्सिजा जकार्तामा रहने भएका छन् । रोहित र पर्सिजाबीच दुई वर्षका लागि बुधबार सम्झौता नविकरण भएको हो ।

केही समय अघि स्वदेश फर्किएका उनी नयाँ सिजनका लागि इन्डोनेसिया पुगिसकेका छन् । २०१५ मा पर्सिजामा आबद्ध भएका उनी २०१७ मा पुनह पर्सिजा फर्किएका थिए । त्यो बीचमा उनी मलेसियन सुपर लिगमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्