Logo

स्टिभिन बर्गविजन टाेटनहाममा अनुबन्ध



Spread the love

एजेन्सी । पीएसजीका विङ्गर स्टिभिन बर्गविजन इंग्लिस प्रिमियर लिग क्लब टोटनहाममा अनुबन्ध भएका छन् ।

स्टिभिन बर्गविजन पीएसभीबाट टोटनहाममा साढे पाँच वर्षको लागि २५ मिलियन यूराेमा अनुबन्ध भएका हुन् ।

२२ वर्षीय बर्गविजनले लण्डनमा मेडिकल जाँच गरेका थिए । बर्गविजनलाई टोटनहामका पूर्व खेलाडी क्रिस्टियन इरिक्सनको २३ नम्बरको जर्सी दिइएको छ । इरिक्सन इन्टर मिलानमा आबद्ध भइसकेका छन् ।

नेदरल्यान्डका बर्गविजनले पीएसभीका लागि १४६ खेलमा ३१ गोल गरेका थिए । उनले क्लबलाई तीन पटक घरेलु लिग जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्