Logo

चलचित्र ‘सेन्टिभाइरस’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)



Spread the love

पछिल्लो समय फिल्मी दुनियाँबाट केही बाहिरिएर समाजसेवी तिर लागेका चर्चित हाँस्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तली । धुर्मुस-सुन्तलीको जोडिले निर्माण गरेको चलचित्र ‘सेन्टिभाइरस’को अपिसियल ट्रेलर सार्वजनिक भएको छ ।

कस्तो बन्यो धुर्मुस-सुन्तलीको 'सेन्टी भाइरस'को ट्रेलर

गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको भनिएको चलचित्रको ट्रेलरमा रङ्गशाला को प्रचार गरिएको छ । सार्वजनिक ट्रेलरमा राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाइएको छ ।

चलचित्रको मुख्य भूमिकामा धुर्मुस र सुन्तलीसँगै नायक दयाहाङ राई, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्र सामाजिक कथामा आधारित रहेको निर्देशक रामबाबु गुरुङले बताएका छन् । चर्चित हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको छ भने यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेको हुन् ।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्र आगामी फागुन ९ शिवरात्रीको अवसरमा रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/J3OM7uxRDaM

प्रतिक्रिया दिनुहोस्