Logo

चामलको भाउ बढ्यो दालको घट्यो : कारण यस्तो



Spread the love

तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन् ।

व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् ।

चामलको उपभोक्ता मूल्य पनि बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन् ।

थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन् ।

दालको मूल्य 
दालको तुलनात्मम मूल्य घटेको छ । असारको तुलनामा भदौमा केही मूख्य दालको मूल्य घटेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्