Logo

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी



Spread the love

भोटेकोसी गाउँपालिकामा चुनाव जिते पछि अन्य उम्मेद्वार खुसी थिए तर, अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुसी थिएनन्, किनकी उनलाई ब्यवसाय विग्रने चिन्ता थियो ।

उनी समकक्षी ब्यापारीसंग गुनासो गर्थे, चुनाव त जितियो , तर ब्यवसाय चौपट हुने भयो, ।

पौडेल निकट स्रोतका अनुसार उनी दैनिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको दाबी गर्थे ।

भदौ १५ मा प्रहरीको केन्दीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित ७ जना पक्राउ गरेपछि उनको आम्दानीको स्रोत कन्टेनर ब्यवसाय मात्रै देखिएन ।

ब्युरो अनुसन्धानमा पौडेल लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको पत्ता लागेको खबर आजकोनागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्