Logo

कपिलवस्तुबाट मजदुरी गर्न गुल्मी आएका युवा मृत फेला



Spread the love

१७ माघ, गुल्मी – गुल्मीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर दुईको छ्याला भन्ने स्थानमा युवकको शव फेला परेको हो ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर दुई घर भई हाल सालझन्डी ढोरपाटन सडक खण्डमा काम गर्दै आएका अन्दाजी १८ वर्षिय चुन बहादुर बुढा मगरको खोलामा डुबेको अवस्थामा शव फेला परेको इस्मा गाउँपालिका नम्बर दुईका वडा अध्यक्ष टीका बहादुर रेग्मीले जानकारी दिए ।

घटनाबारे अनुसान्धन भइरहेको र शवलाई पोस्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्