Logo

द डेभिल



Spread the love

मृगतृष्णाले पूर्ण संसार,
गवैयाले मादलको ताल र सुरबाट महफिल तताउँदै छ ।
रफतहरु आफ्नै तालमा व्यस्त छन् ।
उनीहरु सुन्दर अनुहारका विकृत व्यवहारबाट दिक्क छन् ।
त्यहीं पनि आफ्नो झिनो आशा छाडेका छैनन् ।
विकृत अनुहारका सुन्दर भावनाहरुले गर्दा आज यो दुनियाँमा शान्ति–सुव्यस्था छाएको छ ।
मान्छे जिजीविषाले मर्न सकेको छैन तर राम्रोसँग बाँचेको पनि छैन । आफ्नै छायाँबाट तर्सिने मानिस कसरी बाँचिरहेको छ ?

प्रायः सबै मानिसमा हिनताबोध हुन्छ ।
कसैले हिनताबोधलाई सामान्य तरिकाले लिन्छ भने कसैले गम्भिर तरिकाले ।
कसैलाई हिनताबोधले निकै गालेको हुन्छ ।
हुन सक्छ उसले त्यति गल्ती गरेको छैन ।
त्यहीं पनि हिनताबोधको पहाड बोकेर हिंडिरहन्छ ।
पीडाको सगरमाथा आरोहण गर्छ ।
उसले चिहानसम्मको यात्रा गर्दा उ पूर्णरुपमा खोक्रो हुन्छ ।

उ सोचिरहेछ । सोच मानिसको जीवनको हिस्सा न हो । हर मानिसले सोच्दछ । चाहे त्यो सोचले व्यक्तिमा परिवर्तन गरोस् या नगरोस् मतलब हुँदैन । यो दुनियाँमा सबै कुरा सोचकै हिस्सा जस्तो लाग्छ मलाइ ।
हरेक मानिसले जस्तो उसले पनि सोच्थ्यो । तर उसका मनमा आउने सोचहरुलाई उसले सही आकार दिन सकेन । सोचले सही आकार लिन नसक्दाको पीडाले उसलाई दिनदिनै गालेको थियो ।

आज पनि सधैं झैं उ सोचमग्न छ । खाना खाएर विस्तारामा पल्टिदै उ सोचिरहेछ । उ चुरोट तानी सिलिङतिर धुवाँ फ्याँक्छ । उसले फ्याँकेको धुवाँमा पहिलाजस्तो उसकी प्रेमिकाको तस्बिर आउँदैन । देख्छ त केबल दार्शनिकहरुको तस्बिर । उसलाई धुवाँमा तस्बिर बनेका दार्शनिकहरुले जिस्काएजस्तो लाग्छ ।

आज पनि सधैं झैं उ सोचमग्न छ । खाना खाएर विस्तारामा पल्टिदै उ सोचिरहेछ । उ चुरोट तानी सिलिङतिर धुवाँ फ्याँक्छ । उसले फ्याँकेको धुवाँमा पहिलाजस्तो उसकी प्रेमिकाको तस्बिर आउँदैन । देख्छ त केबल दार्शनिकहरुको तस्बिर । उसलाई धुवाँमा तस्बिर बनेका दार्शनिकहरुले जिस्काएजस्तो लाग्छ ।

तस्बिरयुक्त धुवाँ उसको सिलिङमा घुमिरहन्छन् । ती धुवाँले उसलाई निकै गिज्याउँछन् । उसले धुवाँ हटोस् भनेर पंखा अन गर्छ अनि झ्यालको पर्दा खोल्छ तर टेर पुच्छर लगाउँदैनन् । दिनभर दुनियाँ थरीका मानिसका झोले व्यवहार देखेर आजित भएको उसलाई धुवाँले पनि जिस्काउँदा उसको अनुहार रिसले रातो हुन्छ ।

उसको दिनचर्या नै भएको थियो, धुवाँसँग पौंठाजोरी खोज्नु । घडी हेर्छ, घडीमा रातको बाह्र बजेको छ । उ घरको छतमा जान्छ अनि शहर नियाल्छ । रातको समयमा शहर गहिरो निन्द्रामा सुतेको छ । सायद दिनभरको थकानले गर्दा होला । दिनभर शहरले एकपल पनि आराम गर्न पाउँदैन । अनेकन आवश्यकताको पूर्ति जो गर्नु छ । चकमन्न शहर नियालेपछि उ पुनः कोठामै आउँछ ।

उसको दिनचर्या नै भएको थियो, धुवाँसँग पौंठाजोरी खोज्नु । घडी हेर्छ, घडीमा रातको बाह्र बजेको छ । उ घरको छतमा जान्छ अनि शहर नियाल्छ । रातको समयमा शहर गहिरो निन्द्रामा सुतेको छ । सायद दिनभरको थकानले गर्दा होला । दिनभर शहरले एकपल पनि आराम गर्न पाउँदैन । अनेकन आवश्यकताको पूर्ति जो गर्नु छ । चकमन्न शहर नियालेपछि उ पुनः कोठामै आउँछ ।

कोठाको भित्ता पृथ्वीनारायण शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, मर्लिन मुनरो, जिम मोरिसन र मिकेलान्जेलाेकाे तस्बिरले सजिएको छ । एक प्रेमिल नजर उ ती तस्बिरतर्फ दिन्छ अनि फिस्स हाँस्छ ।

तर भित्तामा उसकी प्रियतमाको फोटो भने अटाएको थिएन । यहीं विषयमा उसको र उसकी प्रियतमाको झगडा परेको थियो । दिनदिनैको झगडाले सम्बन्धलाई शून्य अवस्थामा झारेको थियो ।

निद्रादेवी त उसको समीपमा आउन खोज्दैनिन् । विगत तीन महिनादेखि उ इन्सोम्नियाबाट ग्रसित छ । २४ घन्टामा जम्मा ३ घन्टा सुत्न सक्छ । उसको आँखामुनिको डार्क सर्कलले उसलाई कुरुप बनाएको छ ।

उसलाई अपुग केही थिएन । एक वर्षअगि उसले एउटा किताब लेखेको थियो । उक्त किताबले उसलाई जमिनबाट सिधै सगरमाथाको चुचुरोमा पुर्यायो । किताबले साहित्यतर्फको नोबेल पुरस्कारको लागि मनोनित पनि भएको थियो । दिनभर अनेकन् पत्रिका, टिभी तथा अनलाइनहरुले अन्तरवार्ताको लागि बोलाउँदा उसले वास्ता गदैनथ्यो । उसँग सबैथोक थियो तर पनि आफैसँग लडिरह्यो । सबैथोक भएपनि उ आफूलाई शून्यताको बादलमा तैरिएको आभाष हुन्थ्यो ।

बाटोमा हिँड्दा कसैले नयाँ किताब कहिल्यै आउँछ भनी प्रश्न गर्दा उ नयाँ किताब नलेख्ने भनेर उत्तर दिन्थ्यो । यदि उ आफ्नो सोचलाई कुनै रिमोट कन्ट्रोलको माध्यमबाट नियन्त्रण गर्न सक्थ्यो भने सायद लेख्थ्यो होला पनि । अनियन्त्रित सोचले कुनै पल पनि उसलाई छाडेन ।
विगत तीन महिनादेखि उसले यसरी जीवन बिताइरहेको छ कि मानौँ अगिल्लो जन्ममा उसले निकै ठुलो पाप गरेको थियो ।

सूर्यको लालीकिरणसँगै उठ्ने उसको दिनचर्या थियो । त्यसदिन पनि सूर्यको पहिलो किरणसँगै उ बिस्ताराबाट जाग्यो । तर त्यो दिन अरु दिनभन्दा पृथक थियो । उसले जीवनमा होश सम्हालेदेखि कहिल्यै आनन्दको महशुस गरेको थिएन । उसले आफैलाई प्रश्न गर्यो, “के म आज मोक्ष प्राप्त गर्दैछु । अब जीवनमा के बाँकी रह्यो र ?”

इन्सोम्नियाले ग्रसित भएपनि उ मर्निक वाक भने जान्थ्यो । रातभरको ह्याङओभर उतार्न बिहानीपख चल्ने सिरसिर चल्ने चिसो हावाले उ पुलकित हुन्थ्यो । मर्निङ वाकबाट फर्केपछि उ नयाँ बानेश्वरको चौपारीमा बस्यो । जुन चौपारी उसको लागि निकै प्यारो थियो । केही यादहरु त्यो चौपारीसँग बसेका थिए ।

लामो सास तान्दै उ प्रश्नोत्तरको जालोमा फंस्न थाल्छ ।
जीवन के हो ?
पीडाको समुन्द्र हो । जति राम्रोसँग पौडे पनि डुब्नैपर्छ ।
प्रेम के हो ?
प्रेम मुटु दुखाउने साधन हो
पैसा के हो ?
पैसा वस्तुभोग गर्ने माध्यम हो । यसले मानिसलाई अन्धो बनाउँछ ।
सत्य के हो ?
समय सापेक्ष सत्य हो । एउटा सत्य सबै समयमा सत्य हुन सक्दैन ।
धर्म के हो ?
मानिसलाई बाँध्ने डोरी हो ।
विज्ञान के हो ?
प्रकृतिभित्र पाइने वस्तुहरुको सही संयोजन नै विज्ञान हो ।
कला के हो ?
कला ? कला आफैमा सुन्दर वस्तु हो तर धेरै कलाहरु कुरुप जीवनबाट प्रतिपादित भएका छन् । अकोर्डिङ्ग टु देवकोटा कुरुप जीवनलाई सुन्दर बनाउने कसी ।
के मानिस पुर्ण हुनसक्छ ?
मानिस पुर्ण भएको भए आजसम्म यो पृथ्वी रहने थिएन ।
के मानिसको दिमागले १०० प्रतिशत काम गर्न सक्ला त ?
अहँ सक्दैन । यदाकदा कसैको दिमागले १०० प्रतिशत काम गर्योै भने उसले अर्को संसार बनाउन सक्छ तर दुखको कुरा यो हो कि यो संसारमा यति धेरै कुरुप रहस्यहरु छन् ती रहस्यहरु जानेर मानिस बाँच्न सक्दैन ।
मानिसले के चिज बढि अरुलाई प्रदर्शन गर्छ ?
अहंकार
सुख के हो ?
सुख भ्रम हो, सुख क्षणिक छ ।
दुख के हो ?
दुख यथार्थ हो । यथार्थले मानिसलाई कहिल्यै छाड्दैन । यानेकी मानिसको जीवनमा सधैं दुख छ । सुख एकपलको हो किनभने सधैँ सुख भए यो संसारको उहिल्यै नष्ट भई सकेको हुन्थ्यो ।
समय बित्दै जानु भनेको आफ्नो काल घट्दै जानु हो ।
समय बित्दै जाँदा दुखी हुनुपर्दैन । किनकि जति चाँडो समय आउँछ त्यति नै चाँडो मुक्ति पाइन्छ ।

उसले फेरि लामो सास तान्छ अनि आमालाई सम्झिन्छ । जीवनको अन्तिम समयमा उसले अरु कसैलाई सम्झेन । आमा मलाइ माफ गर्नुहोला भन्दै उ आँखा चिम्लिन्छ । एकैछिनमा उसको प्राण वायुमा मिसिन्छ ।
उसले मोक्ष प्राप्त गर्दा जम्मा २८ वर्षको थियो । सामाजिक सन्जालमा कलाकार, लेखक अनि उसका साहित्यिक अनुरागीहरुले उसको तस्बिर राखेर श्रद्धान्जलि दिए । एउटा किताब मात्र लेखेर उ नेपाली साहित्यक्षेत्रको बलियो खम्बा भएको थियो ।

डाक्टरले मृत्युको कारण हृदयघात बताए पनि खास कारण अर्कै थियो । खासमा उसले आफ्नो आत्मा डेभिललाई बेचेको थियो । डेभिलले उसको आत्माको सट्टामा उसलाई एक वर्षअगि ज्ञानको अमृत पिलाएको थियो । ज्ञानको अमृत पिएरै उसले कालजयी किताब लेखेको थियो । शर्त अनुसार उसले आफ्नो आत्मा डेभिललाई खुशीसाथ दिएको थियो । संस्कृतका महाकवि कालिदास बन्नुभन्दा पहिला जसरी ज्ञानका भोका थिए, त्यसैगरी उ पनि ज्ञानको भोको थियो । सोही ज्ञानको भोक देखेर डेभिलले उसलाई ज्ञानको अमृत पिलायो ।

 

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्