Logo

समृृद्ध मधेश बनाउने आफ्नो एजेण्डा: संयोजक डा. भट्टराई



Spread the love

लहान,भदौ २८ गते । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ । 

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताउनुभयो । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उहाँको भनाइ थियो ।

‘हामी जे बोल्छाँै, त्यही गार्छाैँ, उहाँले भन्नुभयो– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्काे होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।”

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्