Logo

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय छनौट काठमाडौं, चितवन, बुटवल, बिरगंज, इटहरी र पोखरामा सम्पन्न



Spread the love

काठमाडाैं । प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय छनौटमा काठमाडौं सहित चितवन , बुटवल , बिरगंज, इटहरी, र पोखरामा सम्पन्न भएको छ । छनौटमा ५० भन्दा बढी शैक्षिक संस्थाहरुले सहभागी जनाएका छन । उक्त क्षेत्रीय छनौटमा ३०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको लागि यो ठूलो अवसर रहेको सहभागी विद्यार्थीहरुले जनाएका छन ।

आयोजकले क्षेत्रीय छनौटको नतिजा ३ दिन भित्रमा प्रकाशन गर्ने प्रतिबद्धता जनाएको छ । ६० जना विद्यार्थीहरु राष्ट्रिय प्रतियोगिताको लागि छनौट हुने पनि आयोजकले जानकारी दिएको छ । क्षेत्रीय छनौटमा विद्यार्थीहरुको राम्रो उपस्थिति रहेको हुँदा आयोजक उत्साहित रहेको देखिन्छ । आयोजकले राष्ट्रिय कार्यक्रम भब्य र व्यापक हुने पनि जनाएको छ ।

आगामी फेब्रुअरी १४,१५ र १६ गते हुने फाइनलमा अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडका सचिब पनि आउने संस्थाका संस्थापक अध्यक्ष अर्जुन सापकोटाले सल्लेरी खबरलाई जानकारी दिए ।शब्दहरु यहाँ जाँच गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्