Logo

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. एक करोड दुई लाख सहयोग



Spread the love

काठमाडौं भदौ २८ गते। दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गर्नुभयो।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो। उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो। सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि दू्रतगतिमा अगाडि बढाएको जानकारी गराउनुभयो।

उहाँले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गर्नुभयो। जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्