Logo

उत्तरी अफगानिस्तानमा भिडन्त हुँदा सात जनाको मृत्यु



Spread the love

१९ माघ, कुन्दुज। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको मृत्यु भएको छ । जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका व्यक्तिमध्ये चार जना विद्रोही लडाकूहरु रहेको जानकारी दिनुभयो । उहाँले आइतबार स्थानीय समय अनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताउनुभयो ।

भिडन्तका क्रममा तीन जना प्रहरीको मृत्यु भएको र अरु चार जना सख्त घाइते भएको गभर्नर कुरैसीले बताउनुभयो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।रासस

प्रतिक्रिया दिनुहोस्