Logo

चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १७५ जना इच्छुक



Spread the love

१९ माघ, काठमाडौं। चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १७५ जनाले फारम भरेका छन् । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी एक/ दुई दिनभित्रै नेपाल फर्काइने बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

चीनमा कोराना भाइरसको प्रकोप फैलिएपछि दूताबासले शनिवार एक सूचना जारी गरी नेपाल फर्कन चहानेले आइतबार विहान ९: ०० बजेसम्म फारम भर्न समय सीमा तेकेकोमा १७५जनाले फारम भरेको बेइजिङस्थित दूवाबासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताएका छन् ।

उनले बुहानमा श्रम स्वीकृति लिएर काम गरीरहेका दश जना अन्य विद्यार्थी गरी करीब २०० जना नेपाली रहेको अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्