Logo

नयाँ सरकार गठनका लागि संबैधानिक संकट छैन:डा. बाबुराम भट्टराई



Spread the love

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनका लागि संबैधानिक संकट नरहेको बताएका छन।

प्रेस सोसाइटी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा संयोजक भट्टराईले संसद नै सार्वभौम सम्पन्न भएकाले संविधानमा केही कमजोरी रहे पनि सच्याएर जान सकिने बताए।

संसदमा अविश्वासको प्रस्तावमाथि छलफल भैरहेका बेला नेता भट्टराईले कानुनीभन्दा पनि राजनीतिक तर्क र आधार बलियो भएकाले पनि सरकार गठनका लागि संविधान बाधक नभएको स्पष्ट पारे।

पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नयाँ बन्ने सरकार पनि लामो समय नरहने दाबी गरे।

आजको गोरखापत्र दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्