Logo

भगवान शिवका प्रतिकको रहस्य के हो ?



Spread the love

एजेन्सी । शिवलाई कल्याणकारी देवता मानिन्छ । सृष्टि निर्माणमा एउटै शक्तिले तीन वटा रुपहरुमा आफ्नो कार्य सम्पादन गरेको देखिन्छ । ब्रम्हाले सृष्टिको निर्माण गर्छन्, विष्णुले पालन-पोषण गर्छन् र शिवले सम्हार गर्छन् अर्थात निर्माणदेखि विनाशसम्म जगतको चक्र परम सत्ताद्वारा निरन्तर प्रकृतिमा चल्छ । वेदहरुमा प्रकृतिको उपदानहरुको उपासना गरिएको छ । शिवको हरेक कुरा रहस्यमय र अनौठो हुन्छ ।
शिवको वाहन
वृषम शिवको वाहन हो । यो सधै भगवान शिवसंगै हुन्छ । वृषभको अर्थ धर्म हो ।वृषको अर्थ मेघ पनि हो । यहि धातुबाट बषर्ँ, सृष्टि आदि शब्द उत्पन्न भएको हो ।
जटाहरु
शिव अन्तरिक्षका देवता हुन् । उनको नाम व्योमकेश हो, त्यसैले आकाश उनको जटा स्वरुप छ । जटाहरु वायु मण्डलको प्रतीक हो ।।
गंगा र चन्द्रमा
यो उग्रताको निवास मस्तिष्कमा छ, त्यसैले शान्तिको प्रतीक गंगा र अर्द्धचन्द्र शिवको शिरमा विराजमान भएर उनको उग्रवृत्तिलार्य शान्त र शितल राख्दछ । अर्कोतिर विषपानका कारण उनी जुन नीलकण्ठ भएका छन्, त्यसको जलनलाई शान्ति पनि गंगा र चन्द्रमाबाट प्राप्त हुन्छ ।
तीन वटा आँखा
शिवलाई त्रिलोचन भनिन्छ अर्थात उनका तीन वटा आँखा छन् । शिवका तीन नेत्र सत्व, रज, तम-तीनै गुणहरु, भूत, भविष्य, वर्तमान-तीनै काल तथा स्वर्ग, मृत्य, पाताल-तीनै लोकका प्रतीक हुन् । त्यसकारण शिवलाई त्रयंबक पनि भनिन्छ ।
सर्पहरुको हार
भगवान शंकरको गला तथा शरीरमा सर्पको हार छ । सर्प तमोगुणी छ र संहारक वृत्तिको जीव हो । यदि यसले मनुष्यलाई डस्यो भने उसको प्राण जान्छ ।
त्रिशूल
शिवको हातमा एउटा शस्त्र छ, जसलाई त्रिशूल भनिन्छ । शिवको त्रिशूलले ती तापहरुलाई नष्ट गरिदिन्छ । शिवको त्रिशूल इच्छा, ज्ञान तथा क्रियाको सूचक हो ।
डमरु
शिवको बायाँ हातमा डमरु छ । ताण्डव नृत्यको समयमा उनी त्यसलाई बजाउँछन् । डमरुको शब्द अथवा नाद नै ब्रम्हा रुप हो । त्यही ओमकारको व्यंजक हो ।
मुण्डमाला
शिवको गलामा मुण्डमालाबाट के भाव व्यक्त हुन्छ भने उनले मृत्युलाई गलामा लगाइरहेका छन् तथा उनी त्यसबाट भयभीत छैनन् । शिवको श्मशानवासको प्रतीक के हो भने जो जन्मन्छ, एक दिन अवश्य मर्नेछ । त्यसैले जीवित अवस्थामा शरीर-नाशका बोध हुनै पर्छ ।
हस्ति चर्म तथा व्याघ्र चर्म
शिवको शरीरमा हस्ति चर्म तथा व्याघ्र्र चर्मलाई धारण गर्ने कल्पना गरिएको छ ।
भस्म
शिवले आफ्नो शरीरमा भस्म धारण गर्छन् । प्रलयकालमा सम्पूर्ण जगतको विनास हुन्छ, केवल भस्म (खरानी) मात्र बाँकी रहन्छ । यही दशा शरीरको पनि हुन्छ । भस्मले नश्वरताको स्मरण गराउँछ । वेदमा रुद्रलाई अग्निको प्रतीक मानिएको छ । अग्निको कार्य भस्म गराउनु नै हो । त्यसकारण भस्मलाई शिवको श्रृंगार मानिन्छ ।
रुद्र
शिवलाई रुद्र स्वरुप पनि भनिन्छ । पुराणहरु अनुसार रुद्र ११ छन्, जो तारा मण्डलमा स्थित छन् । वैदिक वाक्य ‘अग्निर्वेरुद्रस’ को अभिप्राय के हो भने अग्नि नै रुद्र हुन् । साहित्यमा रुद्रबाट रौद्र रसको कल्पना गरिएको छ, जसको अर्ध क्रोध हुन्छ । साहित्यमा रुद्रबाट रौद्र रसको कल्पना गरिएको छ, जसको अर्थ क्रोध हुन्छ ।
१० आयुध
शिवका प्रतिवक्त्रं भुजदमयु सिद्धान्तबाट १० हात छन् । त्यसमा अभय, टंक, शूल, वज्र, पाश, खड्ग, अंकुश, घंटा, नाद तथा अग्नि, यी १० आयुध छन् । पुराणहरुमा यीनको उद्देश्य तथा कार्यहरुको विस्तारपूर्वक वर्णन गरिएको छ ।
५ मुख १० हात
संक्षेपमा महादेवका ५ मुख पञ्च महाभूतहरुको सूचक हो । १० हात १० दिशाहरुका सूचक हुन् । हातमा विद्यमान अस्त्र-शस्त्र जगतरक्षक शक्तिहरुका सूचक हुन् ।

प्रतिक्रिया दिनुहोस्