Logo

काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



Spread the love

२२ माघ, काठमाडाैँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

काँग्रेसले मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकाली न प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित सो प्रस्ताव सदनमा आज दर्ता गराएको हो । प्रस्तावको प्रस्तावकमा सांसद डा डिला सङ्ग्रौला (पन्त) एवं समर्थकमा सांसदद्वय सञ्जयकुमार गौतम र रङ्गमति शाही रहेको काँग्रेसको संसदीय दलको कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाँदा समस्या परेको युवालाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका समस्याको दीर्घकालीन समाधान खोज्नका लागि उक्त प्रस्ताव छलफल गर्नुपर्ने उनिहरुको तर्क छ ।

यसैगरी रोजगारीका क्रममा बिरामी भएका युवाको उचित उपचार र आश्रित परिवारलाई आर्थिक सहयोग गर्न, मलेसिया सरकारसँग गरिएको सम्झौताअनुसार शून्यलागतमा नेपाली कामदारलाई मलेसिया पठाउन सरकारले नै मलेसियाली कम्पनीसँग सिधा संवाद्मार्फत रोजगारी सुनिश्चित गर्न छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्