Logo

तल्लो सदनकी सभामुखसँग ट्रम्पले हात नमिलाउँदा न्यान्सीले च्यातिदिइन् भाषण



Spread the love

२२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख न्यान्सी पेलोसीबीचकाे तनाव सतहमा आएकाे छ। बुधबारकाे संसदमा दुवैबीचकाे तनाव सतहमा देखिएकाे हाे। राष्ट्रपति ट्रम्पले संसदका दुबै सभालाई सम्बाेधन गर्नु अघि सभामुख पेलाेसीकाे अभिवादनलाई बेवास्ता गरे।

सम्बाेधन सुरु हुनु अघि सभामुख पेलोसीले अभिवादनका रूपमा हात मिलाउन खाेजे पनि ट्रम्पले त्यसलाई बेवास्ता गरिदिएका थिए। ट्रम्पले हात नमिलाएपछि पेलोसी मुस्कुराएको भिडियोमा देख्न सकिन्छ ।

ट्रम्पले हात नमिलाएको जवाफ पेलोसीले ट्रम्पको सम्बोधन सकिएलगत्तै दिएकी छन् । ट्रम्पले सम्बोधन अघि उपलब्ध गराएको कपी च्यातेर उनले असन्तुष्टि पोखेकी हुन् । विपक्षीको बहुमत रहेको अमेरिकी तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।

अमेरिकी संसदको इतिहासमा बिरलै हुने यो घटनापछि राजनीतिक विश्लेषकले उक्त बैठक स्टेट अफ द युनियन नभई स्टेट अफ द डिभिजन भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्