Logo

वास्तु विज्ञान अनुसार घर बनाउँदा यस्ता कुरामा ध्यान पुर्‍याउनु पर्छ !



Spread the love

नयाँ घर बनाउँदा हामि वास्तु हेराउने गर्दछौ । यो एक प्राचिन विज्ञान हो । वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज्ञानले । अर्थात घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार-प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ ।

घर बनाउनुअघि माटो हेर्ने गरिन्छ । माटो हेर्नुको अर्थ त्यसको धरातल कति बलियो छ भन्ने हो । यसले आफुले निर्माण गर्ने घर आसपासमा वहकिने हावा, घामको प्रकाश आदिलाई मध्यनजर गरेको हुन्छ । त्यसैले वास्तु विज्ञानलाई उपेक्षा गर्ने होइन, बुझ्ने प्रयास गर्नुपर्छ । घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यस्ता कुरामा ख्याल गर्नु पर्छ।
– मूख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन ।
– सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिदैन ।
-. दुई ठूलो घरको बिचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।
-कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन ।
– घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुका साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।
-वास्तु अनुसार सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस् । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।
– वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।
– वास्तु अनुसार खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ । यसले सकारात्मक उर्जा संचार हुन्छ ।
-घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन ।
-ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।
-हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।
– त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन ।
– भान्सा, बगैंचा अदि मूख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्