Logo

बच्चाको लागि उनीहरुको आमाबुबा नै रोलमोडल!



Spread the love

एजेन्सी। कुनै पनि आमा बाबुले देख्न चाहँदैनन् कि आफ्ना छोराछोरी खराब भएको । हरेक आमाबुवा आफ्ना छोराछोरीको उज्वल भविष्य चाहन्छन् । शिक्षित र सभ्य हुनुका साथै धनी एवं शक्तिशाली भएको देख्न चाहन्छन् ।

तर, आमाबुवाले यस्तो कामना गर्दागर्दैपनि कतिपय छोराछोरी खराब संगतमा पर्ने गर्छन । कोही लागुऔषधको दूव्र्यसनमा फस्छन् त कोही भ्रष्ट बन्न पुग्छन् । यसरी छोराछोरी खराब भएको देखेर आमाबुवाको भावनामा गहिरो ठेस लाग्छ । तर, बाबुआमाकै कारण पनि छोराछोरीले नाचादा नाचादै गलत बाटो अपनाउने गर्छन ।

अक्सर झगडालु बुवाआमा छन् भन् बालबच्चाहरुले विद्यालयमा साथीहरुसँग खुलेर बोल्न, हाँस्न सक्दैनन् । बुवाआमाको खराब सम्बन्धले छोराछोरीमा नराम्रो मानसिक असर पुग्छ । कतिपय आमाबुवा बालबच्चासँग घुलमिल हुँदैनन् । वा बालबच्चालाई समय दिदैनन् । यस्ता आमाबुवाले हुर्काएका बालबच्चामा अटिज्मको शिकार हुने अध्ययनमा देखिएको छ ।

यसको नतिजा स्वरुप अभिभावकहरुले बच्चाहरुको नराम्रो वचन र गलत बानी व्यवहारलाई झेल्नुपर्छ । जब आमाबुबाले आफ्नो बच्चासँग कडा रुपमा प्रस्तुत भएर किन, के जस्ता प्रश्न सोध्छन् तब बच्चाहरु हडबडाउँछन् हुन्छन् त्यस्तै उनीहरु झूटो बोल्न पनि बाध्य हुन्छन् ।

आमाबुबालाई लाग्न सक्छ बच्चाहरुसँग कडा रुपमा प्रस्तुत भएर उनीहरलाई हरेक कुरामा नियन्त्रण गरेर उनीहरुले आफ्नो बच्चाहरुको गलत बानी सुधारिहरेका छन् तर खासमा यस्तो हुँदैन ।

बच्चाहरुलाई गाली गर्ने र पिट्ने काम उनीहरुलाई गलत तरिकाले व्यवहार गरेको प्रमाण हो । जब बच्चाले कुनै पनि काम गर्छन् उनीहरु आफ्नो बुद्धिविवेक अनुसार गर्छन् ।

बच्चाहरुले गलत काम गरेमा वा गलत निर्णय गरेमा बच्चालाई पिट्नुको सट्टा उनीहरुलाई सहि र गलत बीचको फरक सम्झाउनुहोस् ।

बच्चाहरुलाई पिट्नाले उनीहरुको मस्तिस्कमा नराम्रो असर पर्छ र उनीहरु अर्को पटक गल्ती भएमा झुटो बोल्न सकछन् । यसैले हरेक आमाबुबाले आफ्नो यस्तो बानीलाई आजै बदल्नुहोस् ।

आमाबुबाले बच्चाहरुलाई हरेक कुरा थोपर्नु गलत बानी हो । बच्चाहरुबाट राम्रो संस्कार वा उनीहरुसँग कुने पनि खालको आशा गर्नुभन्दा पहिले आफ्नो नराम्रो बानीहरुलाई परिवर्तन गर्नु जरुरी छ ।

यसैले जुन चीज तपाईं आफ्नो बच्चाहरुबाट चाहनुहुन्छ पहिले तपाई त्यसलाई आँफै गरेर देखाउने कोसिस गर्नुहोस् । किनभने बच्चाहरुले त्यहि गर्छन् जो आफ्नो वरिपरि देख्छन् । अर्थात बच्चाको लागि उनीहरुको आमाबुबा नै रोलमोडल हुन्छन् ।

आमाबुबालाई हरेक समय झगडा गरेको देख्नु, उनीहरुको बीचमा मनमुटाव हुनु र बच्चाहरुलाई पिट्ने आमाबुबाको सँग भएका बच्चा पछि झगडालु बन्न सक्छन् ।

यसैले यदि तपाई आफ्नो बच्चामा अनुशासन, सहयोग, परोपकार र विनम्रता जस्ता गुण विकसित होस् भन्ने चाहनुहुन्छ भने यसको लागि उनीहरुलाई बारम्बार उपदेश दिनु व्यर्थ छ । सँधै यहि कुरा त भन्ने हो भनेर उनीहरु आफ्नो आमाबुबा को चेतावनीहरुलाई गम्भिरतापूर्वक सोच्ने कोसिस नै गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्