Logo

संसारको सबैभन्दा ठूलो किताब जसको पाना पल्टाउन मात्रै चाहिन्छ ६ व्यक्ति



Spread the love

एजेन्सी । उत्तरी हंगरीको सानो गाउँ सिनपेत्रीमा बस्ने बेला वर्गाले आफ्नै हातैले एउटा किताब बनाएका छन् । जुन किताब संसारकै ठूलो किताब भएको दाबी गरिएको छ ।

७१ वर्षका बेलाले बनाएका किताबको पाना पल्टाउन मात्रै ६ जना आवश्यक पर्ने बताइएको छ । उक्त किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३४६ पाना छ । यसको तौल १ हजार ४ सय २० किलोग्राम छ ।

बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ । उनले भनेका छन्, ‘यो किताब यो क्षेत्रबारे जानकारी दिने अन्य किताबभन्दा भिन्न छ । यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्