Logo

श्रीमान‍्ले कम खर्च गरेको भन्दै पत्नीले दिइन विवाहको एक हप्तामै डिभोर्स !



Spread the love

एजेन्सी। जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमान‍्सँग सम्बन्धविच्छेद गरेकी छन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर सम्बन्धविच्छेद गरेको उनले बतईं ।

२९ वर्षे कातो सारी विलासी जीवनशैलीका लागि परिचित छिन् । उनी असाध्यै महँगो फेसन ब्रान्डकी पारखी पनि हुन् । तर उनका श्रीमानले कहिल्यै पनि सोचेका थिएनन् कि उनकी श्रीमतीको खर्च गर्ने बानीले उनको व्यवसायलाई नै धरापमा पार्नेछ ।

नाम नखुलाइएका रियल स्टेट व्यापारीले यी मोडललाई सन् २०१९ मे देखि डेटिङ गर्न थालेका हुन् । विवाह हुनु साढे तीन महिना अघि उनले ती व्यावसायीको ९.१ मिलियन डलर (करिब १ अर्ब रुपैयाँ बढी) खर्च गरिन् । यति हुँदा हुँदै पनि उनले सारीसँग विवाह गरे तर विवाहको पहिलो हप्तामा उनले श्रीमतीलाई आफ्नो व्यावसाय खासै राम्रो नभएकोले खर्च कम गर्न आग्रह गरे । श्रीमानको यस्तो आग्रह उनलाई चित्त बुझेन तसर्थ सम्बन्धविच्छेदको माग गरिन् ।

केहि दिन अघि रिलिज भएको युट्युब भिडियोमा कातो सारीले छुट्टिएको ६ महिनापछि सम्बन्धविच्छेद टुङ्गो लगाएको जानकारी दिइन् । ती मोडलले श्रीमानले खर्च कम गर्न भनेपछि विवाहको पहिलो हप्तामा नै सम्बन्धविच्छेदको निवेदन दिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्