Logo

अफगान युद्ध अन्त्यका लागि प्रयास जारी



Spread the love

२२ माघ, वासिङ्टन – संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राति ‘स्टेट्स अफ युनियन’लाई सम्बोधन गर्दै अमेरिकी प्रशासनले ‘अफगान युद्ध’ अन्त्य गर्न काम गरिरहेको बताएका छन् ।

हाउस अफ रिप्रिजेन्टटिभ्स् र कङ्ग्रेसको संयुक्त सत्रमा बोल्दै ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले प्रगति गरिरहेको र तालिबान लडाकू समूहसँग शान्ति वार्ता भइरहेको बताएका छन् ।

‘हामी अन्ततः अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गरी हाम्रो सेनालाई घर फर्काउन कोशिस गर्दैछौं,” ट्रम्पले भनेका छन् । “कानुनको डण्डा लगाउने एजेन्सीका रूपमा अन्य राष्ट्रहरूको सेवा गर्नु हाम्रो कार्य पनि होइन ।”

संयुक्तराज्य अमेरिका र तालिबानबीच शान्ति वार्ता गत वर्ष शुरु भएको थियो । तर सेप्टेम्बर र डिसेम्बरमा अमेरिकी सेनाको तालिम केन्द्रमा भएको तालिबानी लडाकूको आक्रमणपछि वार्ता रोकिएको थियो ।

लामो समय अर्थात् सन् २००१ बाट शुरू भएको अफगान युद्धको कारण अमेरिकी सेनालाई पर्दै आएको अफ्ठ्यारो ‘हास्यास्पद’ भएको उनले बताएका छन् ।

अझै पनि अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सेना रहेका छन् । यी सेनाले प्रायः अफगानी सेनालाई तालिबानी लडाकू विरुद्ध तालिमलगायत सरसल्लाह दिने कार्य गर्दै आएका छन् ।

अफगान युद्ध अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध हो । सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति भएयता अमेरिकी सेनाका २४ सय सदस्य मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्