Logo

हलिउडका लिजेन्ड किर्क डगलासकाे निधन



Spread the love

एजेन्सी । हलिउडका लिजेन्ड किर्क डगलासको १०३ वर्षको उमेरमा निधन भएको छ ।

डगलास हलिउडमा धेरै माया पाएका कलाकारमध्ये एक थिए । उनी चलचित्रको सुनौलो युगको एक मात्र जीवित कलाकार थिए । उनले आफ्नो जीवनको ६० वर्ष चलचित्र खेल्नमा नै बिताए ।

किर्क डगलासका छोरा माइकल डगलासले फेसबुकमा स्टाटस लेख्दै आफ्ना बुवाको मृत्यु भएको घोषणा गरेका थिए ।

सन् १९४९ को चलचित्र च्याम्पियनबाट उनी पहिलाे पटक ओस्कारमा मनोनित भएका थिए । विशेष गरी उनलाई सन् १९६० मा स्टेन्ली कुब्रिकको निर्देशनमा बनेको चलचित्र स्पार्टाकसबाट बढि चिनिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्