Logo

बच्चाका लागि घरलाई बालमैत्री बनाउनु पर्छ!



Spread the love

धेरै बच्चालाई दिनुपर्ने समय, गर्नुपर्ने खर्च एउटै बच्चाले प्राप्त गर्न सक्छन् । राम्रो शिक्षादिक्षा दिन र उनीहरुको सम्पूर्ण आवश्यक्ता पुरा गर्नका लागि एउटा मात्र बच्चा हुर्काउने गरिएको छ । तर, यसको साइट इफेक्ट छ ।

अहिले शहरिय परिवारमा बच्चा एक्लो हुन्छ । उनीहरुको स्तरमा वात मार्ने, जिस्कने, रमाइलो गर्ने कोहि हुँदैनन् । अभिभावकहरुले बच्चालाई पर्याप्त समय नदिँदा बच्चा एक्लो हुँदै गएका छन् ।

दुईवटा करिब समान उमेरका बच्चा एकसाथ हुर्कदैछन् भने उनीहरु देखासेखीमा पनि आफै खान, आफै काम गर्न तम्सिन्छन् । जबकी एउटा मात्र बच्चा छ भने, उनीहरुलाई अरुले ख्वाउनुपर्छ । उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुन पाउँदैन । जबकी जीवनमा सफलता प्राप्त गर्नका लागि प्रतिस्पर्धाको भावना आवश्यक हुन्छ ।

दुईजना बच्चा छन् भने उनीहरुको भाषा मिल्छ । भावना मिल्छ । रहर मिल्छ । आपसमा हरेक कुरा मिलुजुली गर्ने अभ्यास गर्छन् । भलै उनीहरुबीच झगडा होला, मतान्तर होला । एकअर्काको कमजोरी र समस्यालाई स्विकार्छन् ।

एक्लो बच्चाको भावना के हुन्छ भने, मेरा सबै आवश्यक्ता अभिभावकले पुरा गरिदिनेछन् । त्यहि कारण उनीहरु बढी पुलपुलिएका हुन्छन् । सानोतिनो समस्या पनि सहन नसक्ने हुन्छन् ।

यदि घरमा एक्लो बच्चा छ भने उनीलाई एक्लो महसुष हुन दिन हुँदैन । यसका लागि अभिभावकले बच्चासँग बढीभन्दा बढी समय विताउनुपर्छ । उनीहरुलाई एक्लै छाड्ने वा बेवास्ता गर्नु हुँदैन ।

अक्सर अभिभावक बच्चालाई आफुजस्तै बनाउन खोज्छन् । चकचक नगरोस्, चुलबुल नगरोस् भन्ने अपेक्षा राख्छन् । जबकी बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । उनीहरुको वालशुलभ चञ्चलतालाई रोक्नुहुन्न ।

त्यसैले बच्चाका लागि घरलाई बालमैत्री बनाउनुपर्छ । उनीहरुलाई खेल्न, रमाउन छुट दिनुपर्छ । अभिभावकले बच्चासँग साथीकै रुपमा व्यवहार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्