Logo

संसारभर सात पोषक तत्वको कमी



Spread the love



शरीरलाई स्वस्थ राख्न अनेक पोषक तत्वहरुको आवश्यक पर्दछ । ती पोषक तत्वको पूर्ति हामीले सन्तुुलित खानाबाट पूर्ति गर्न सकिन्छ । यी पोषक तत्वको कमीले शरीरमा अनेक खालका समस्याहरु निम्त्याउने गर्दछ । साझा समस्याको रुपमा संसारभरमै सात प्रकारका पोषक तत्वको कमी भएको कुुरा हेल्थलाइन अनलाइनले बताएको छ । ती सात प्रकारका साझा पोषक तत्वको कमीको बारेमा संक्षिप्त वर्णन तल गरिएको छ :

१ आइरनको कमी: आइरन शरीरलाई आवश्यक पर्ने खनिज पदार्थ हो । आइरन रातो रत्तकोषको अवयवको रुपमा मानिने गरिन्छ । यसले अक्सिजन कोषमा पुुर्याउने काम गर्दछ । विश्वभर २५ प्रतिशत मानिसमा आइरनको कमी रहेको छ । तीन वर्षसम्मका बालबालिकामा यो समस्या झन् विकराल देखिन्छ । यसैगरी महिनावारी तथा गर्भवती हुुँदा करिब ३० देखि ४२ प्रतिशत महिलामा आइरनको कमी हुुने कुरा बताइएको छ । शाकाहारीमा पनि यो समस्या प्रशस्तै मात्रामा देख्न सकिन्छ । आइरनको कमीले रक्तअल्पता हुुने गर्दछ । विशेषगरी महिलाहरुले आइरनको पूर्ति गर्न आइरन चक्कीको प्रयोय गर्दछन् । आइरनको कमी हुुन नदिन ब्रोकाउली, पालुुङ्गो, सिमी, रातो मासुु, फर्सीको बियाँ खान सकिन्छ ।

२ आयोडिनको कमी: थाइराइड हर्मोन उत्पादन गर्नको लागि आयोडिन नभइ नहुुने तत्व हो । थाइराइड हर्मोन वृद्धि, मानसिक विकास र हड्डीको लागि नभइ हुुँदैन ।करिब विश्वको एक तृतियाँश जनसङ्ख्यामा आयोडिनको कमी रहेको छ ।आयोडिनको कमीले विशेष गरी गलगाँड हुुने गर्दछ । यति मात्र नभइ यसले मुुटुुको गति, शारीरिक तौल पनि बढाउँछ । आयोडिनको कमीले बच्चाहरु मन्दबुुद्धिका हुुन्छन् र विकासमा अनियमता आउँछ । ब्रोकाउली, पालुुङ्गो माछा, अण्डा र दुुग्ध पदार्थलगायतका खाद्यपदार्थमा आइरन पाउन सकिन्छ ।

३. भिटामिन डीको कमी: भिटामिन डी घामबाट पनि पाइन्छ । घामको सम्पर्कमा आएपछि शरीरले आफै भिटामिन डीको उत्पादन गर्दछ । दिनभर घरभित्रै बस्ने मानिसहरुलाई भिटामिनडीको कमी बढि हुुन्छ । भिटामिन डीको कमीले मांसपेशी कमजोर हुुने र हड्डी फ्याक्चर हुुने सम्भावना बढि हुन्छ । बालकमा भिटामिन डीको कमीले वृद्धि ढिला हुुने र हड्डी नरम हुुने अवस्था आउनसक्छ । भिटामिन डीको कमी हुुन नदिन अण्डाको पहेँलो भाग, च्याउ, माछा, मासुु, दुध जस्ता खाद्यपदार्थ खानुुपर्दछ ।

४.भिटामिन बी १२ को कमी: भिटामिन बी १२ पानीमा घुुल्ने भिटामिन हो । भिटामिन बी १२ लाई कोबालमिन पनि भन्ने गरिन्छ । रगत दिमाग र स्नायुु प्रणालीको लागि भिटामिन बी १२ नभइ हुुँदैन । शरीरका प्रत्येक कोषहरुले राम्रोसँग काम गर्नका लागि भिटामिन बी १२ को आवश्यक पर्दछ । शरीरले यसको उत्पादन गर्न सक्दैन , त्यसैले खानाको माध्यमबाट प्राप्त गर्नुुपर्दछ । भिटामिन बी १२ प्रयाप्त मात्रामा माछा मासुुमा पाइने हुँदा शाकाहारीमा यसको कमी हुनसक्छ । यसको कमीले रक्तअल्पता हुनुुका साथै दिमागले राम्रोसँग काम गर्दैन । यसका साथै अरु रोग लाग्नलाई पनि मद्धत गर्दछ । माछा, मासुु, गंगटो, दुुध,बदाम, ब्रोकाउली, गाजर ,अण्डा आदिबाट शरीरमा आवश्यक पर्ने भिटामिन बी १२ को पूर्ति गर्न सकिन्छ ।

५.क्याल्सियमको कमी: क्याल्सियम पनि प्रत्येक शरीरको कोष कोषमा आवश्यक पर्दछ । क्याल्सियमले विशेष गरी हड्डीलाई मजबुुत राख्दछ, शारीरिक वृद्धिमा पनि मद्यत गर्दछ । क्याल्सियमको कमीले हड्डी कमजोर हुुन्छ । विशेष गरी सबै उमेरका महिलामा क्याल्सियमको कमी भएको देख्न सकिन्छ । ब्रोकाउली, फूलगोभी , केराउ, सुुन्तला, स्याउ, स्ट्रबेरी आदि खाएर आफ्नो शरीरलाई क्याल्सियमको कमीबाट बचाउन सकिन्छ ।

६. भिटामिन एको कमी: भिटामिन ए पनि हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण तत्व हो । भिटामिन ए ले छाला, दाँत, हड्डी र कोषको झिल्लीलाई सुुरक्षित राख्दछ । यसैगरी आँखाको दृष्टिलाई पनि सहयोग गर्दछ । तीन वर्षका बालबालिकामा करिब ४४ देखि ५० प्रतिशतसम्म भिटामिन ए को कमी भएको पाइएको छ । भिटामिन ए को कमीले आँखाको दृष्टिसमेत गुुम्न सक्छ । यसले प्रतिरक्षा प्रणालीमा पनि असर गर्दछ । मेवा, आँप, ब्रोकाउली, सिम्लामिर्च, माछा, अण्डा, गाजर आदिमा भिटामिन ए पाउन सकिन्छ ।

७. म्याग्नेसियमको कमी: म्याग्नेसियमले शरीरमा अनेक काम गर्दछ । दाँत र हड्डीको संरचनाको लागि नभइ नहुुने तत्व हो । यसैगरी यसले मुुटुुको सुुरक्षा गर्दछ , इन्सोम्नियाबाट मुुक्त गर्दछ , दमसित लड्छ , उच्च रक्तचापलाई घटाउँछ । म्याग्नेसियमको कमीले मुटुुको गतिमा हलचल आउँछ, मांसपेशी दुुख्छ, थकाइ लाग्छ, माइग्रेसनको समस्या पनि हुन्छ । ब्रोकाउली, पालुुङ्गो, केरा, सिमी, एभोकाडो, खैरो चामल, बदाम आदि म्याग्नेसियमका स्रोतहरु हुुन् ।


 




माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्