Logo

प्रदेश सरकारले नमूना विद्यालय बनाउने



Spread the love

२४ माघ, काठमाडाैँ – सामुदायिक विद्यालयको गुणस्तर बढाउन वाग्मती प्रदेश सरकारले नमूना विद्यालय निर्माणलाई उच्च प्राथमिकता दिएको छ ।

चालू आर्थिक वर्षमा प्रदेशअन्तर्गत १२ जिल्लाका २० सामुदायिक विद्यालयलाई नमूनाका लागि छनोट गरिसकेको छ । यसरी छानिएका विद्यालयको पूर्वाधार विकासका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ११ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ । सामाजिक विकास मन्त्रालयले विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको सङ्ख्या, विद्यालयको जग्गा भवन, अध्ययन अध्यापनको अवस्थालगायत पूर्वाधारको अवस्थाको विषयमा मूल्याङ्कन गरी नमूना विद्यालयल छनोट गरिएको हो ।

मन्त्रालयको शिक्षा महानिर्देशनालयका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रामेछापका दुई÷दुई विद्यालय छनोट भएका छन् । त्यस्तै नुवाकोट, भक्तपुर, ललितपुर, काठमाडौँ र दोलखाका एक÷एक विद्यालय नमूना विद्यालय विकास योजनामा परेको बताइएको छ । त्यसैगरी चितवनको तीन विद्यालय नमूना विद्यालयका रुपमा छनोटमा परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्