Logo

राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएपछि के भने ?



Spread the love


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएपछि एक कार्यक्रममा राजनीतिक प्रतिद्धन्द्धीमाथि रीस पोखेका छन् ।


ह्वाइट हाउसमा समर्थक अनि मन्त्रिमण्डलका अधिकारीहरुमाझ ट्रम्पले वरिष्ठ डेमाक्र्याटहरलाई दुष्ट, खराब र स्वार्थीको उपमा दिएका छन् ।

ट्रम्पले बुधबार महाअभियोगबाट सफाइ पाएका थिए । उनी सम्बन्ध पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले उनलाई सफाइ दिएको थियो ।


गएको डिसेम्बरमा विपक्षी पार्टी डेमोक्रेटले ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको आरोपमा उनीमाथि महाअभियोग लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्