Logo

प्रमुख विपक्षी नेपाली कांग्रेसद्वारा आज पनि सं‌सद अवरुद्ध



Spread the love

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। शुक्रबार दिउँसो बैठक सुरु भए लगत्तै कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हो ।

बैठकमा बोल्दै मिन विश्वकर्माले काठमाडौंमा चिसो बढेता पनि बालुवाटार जग्गा प्रकरणमा अख्तियारले लगाएको मुद्दाले फेरि देशको राजनीतिक माहौल तातेको बताए। आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ । सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छे थुन्ने काम त भएको होइन भन्ने आशंका लागेको उनले बताए । उनले अघि भने, ‘एउटा निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्तिदिन खोजियो ।’

प्रतिक्रिया दिनुहोस्