Logo

ए डिभिजन लिग: अनन्तको निर्णायक गाेलमा थ्री स्टार विजयी



Spread the love

२४ माघ, काठमाडौं । थ्री स्टार संकटा क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानमा उक्लेकाे छ । एन्फा कम्प्लेक्समा आज भएकाे खेलमा थ्री स्टारले साविक उपविजेता संकटालाई १-० ले पराजित गरेको हो ।

थ्री स्टारका लागि अनन्तले ६१औं मिनेटमा गरेको निर्णायक गोल नै जितको लागि पर्याप्त बन्यो । जितपछि ११ खेलबाट २० अंक जाेड्दै थ्री स्टार मनाङ मर्स्याङ्दीलाई पछि पार्दै तेस्राे स्थानमा उक्लेकाे हाे । एक खेल कम खेलेकाे मनाङकाे १९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्