Logo

फेब्रुअरी १४ अर्थात् प्रेम गर्नेहरुका लागि विशेष दिन



Spread the love

एजेन्सी । त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू । मायाका कथाहरु याद गर्दै मायाका नयाँ आयामहरुको शुरुवात गर्ने विशेष दिन हो भ्यालेन्टाईन डे अर्थात् फेब्रुअरी १४ ।

मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चा प्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ ‘फेक लभ’ गर्नेहरूको कमी छैन । फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।


प्रणय दिवस किन मनाउन थालियो ?


फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ । खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको बिरोध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो ।

फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।

प्रेम सप्ताह


भ्यालेन्टाइन विकको पहिलो दिन अर्थात आज फेब्रुअरी ७ का दिन रोज डे मनाइन्छ । त्यसपछि फेब्रअरी ८ का दिन प्रपोज डे, फेब्रअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रअरी ११ प्रोमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे तथा अन्त्यमा फेब्रअरी १४ का दिन भ्यालेन्टान्स डे मनाइन्छ । प्रेम दिवस सुरु भइसकेको छ । अतः फेबुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्