Logo

जोसँग प्रेम गरिन्छ ऊ सँग विवाह गर्नै पर्छ र ?



Spread the love

एकथरी भन्छन् प्रेम र विवाह दुई फरक फरक कुरा हो । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्,जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ ।

जोसँग प्रेम गरिन्छ, उसलाई भावी जीवनसाथीको रुपमा हेर्ने गरिन्छ । कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । कतिले देखासेखीमा । त्यसैले प्रेमी/प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर, कहिले काहिँ त्यस्तै प्रेमी/प्रेमिकासँग बिवाह गर्न पुगिन्छ । र, यस्ता दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने छैन ।

पार्टनरको आनीबानी बुझ्नु आवश्यक

प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी/प्रेमिकाको आनीवानी, व्यवहार, सोच चिन्तन, उदेश्य, अपेक्षा सबै कुरा मूल्यांकन गर्न सकिन्छ । आफ्ना प्रेमी/प्रेमिकाले आफुसँग कस्तो व्यवहार गरिरहेका छन् ? आफुलाई कुन रुपमा हेरेका छन् ? त्यसबारे बुझ्नुपर्छ ।

कस्ता प्रेमी/प्रमिकासँग जीवन बिताउन सकिन्छ ?

यदि प्रेमी/प्रेमिकाले आफ्नो हरेक कुरामा चासो रख्छ, स्वास्थ्यस्थितीमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने, दुखसुख साझेदार गर्ने प्रेमी/प्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध सुमधुर हुन्छ ।
आफ्नो स-सानो कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछ/कस्तो सुहाउँदैन, के खायो, के खाएन भन्ने कुरामा यदि चासो राख्छन् भने त्यस्ता प्रेमी/प्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्