Logo

पल र रिमाको ‘पानी पर्यो लालुपाते’ सार्वजनिक(भिडियोमा)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका नायक तथा नायिका पल शाह र रिमा बिश्वकर्माले अभिनय गरेको नयाँ गीत ‘पानी पर्यो लालुपाते’ बोलको म्युजिक भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।

मुकुन्द राज शर्माको शब्द रहेको गीतमा मनिकला छेत्रीले संगीत भरेका छन् भने गंगा प्रसाद सापकोटा र देवी कला शर्माको स्वर रहेको छ ।

उक्त गीतमा माया प्रेम,रोमान्स र बिछोड देखाइएको छ भने यस गीतमा नायक पल र नायिका रिमाको जोडीलाई दर्शकले निकै नै रुचाउने विश्वास रहेको निर्देशक सोनाम पाख्रिनले बताएका छन् ।


उक्त गीतलाई सचिन सिंहले एरेज गरेका छन् । बुद्ध थापाद्वारा छायांकन भएको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् । भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्