Logo

बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा



Spread the love

एजेन्सी । भारतजत्रो सवा अर्ब बढी जनसंख्या भएको देशमा एकजना पुलिस जवानले राजीनामा दिनु कुनै नौलो कुरा होइन । तर उनको राजीनामाले जताततै चर्चा पाएको छ ।

हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय सिद्दान्थी प्रताप नामका प्रहरी जवान बिहे गर्न चाहन्थे । तर, उनको चौबीसघण्टे ड्यूटीका बारेमा थाहा पाएसँगै कोही पनि केटीका बाबुआमा उनलाई छोरी दिन राजी भएनन् । जागिरका कारण केटीले नै नपत्याउने अवस्था आएपछि उनले अन्ततः पुलिसको जागिर छाड्ने निर्णय गरे ।

हैदरावादका पुलिस आयुक्तलाई पत्र लेखी उनले आफूले राजीनामा दिनुपर्नाको कारण उल्लेख गरेका थिए । उनी लेख्छन्, ‘चौबीसै घण्टा जागिर, सप्ताहन्तमा बिदा पनि छैन । इन्जिनियरिङको पढाइ सकेर पुलिसको जवान पदमा भर्ना भएको पाँच वर्षमा पनि बढुवा भएन । जवान पदमा भर्ना हुने मान्छे जवानबाटै अवकाश भएको मैले देखेको छु । त्यसैले म निरास छु र यो जागिर खान चाहन्नँ ।’

प्रतिक्रिया दिनुहोस्