Logo

कसरी र किन बुझियो कमला भट्टराई को शव ?



Spread the love

सल्लेरी खबरमा आज हामिले पिडित पक्ष तर्फबाट वार्ता समितिमा बसेका तथा प्रहरिको लाठी चार्ज बाट घाइते भएका युवा तारा प्रसाद अर्यालको टिप्पणी लिएका छौ ।

” ॐ अस्पताल को चरम लापरबाही का कारण अपरेसन सफल भयर पोस्ट अप मा बसेकी कमला भट्टराई को निधन पश्चात् हाम्रो चर्को दबाब र वार्ता टोलि को कडा अडान का कारण उच्चस्तरीय छानबिन समिति बनाइ अस्पताल को गम्भीर गल्ती प्रमाणित भयमा बन्द नै गर्ने र तेतिन्जेल सम्मका लागि अस्पताल मा इमर्जेन्सी बाहेक का सबै सेवा बन्द गर्न्र सहमति थियो । हिजो मिति २०७४ साल छ महिना २९ गते ३ बजे देखि वार्ता शुरु भयो । सरकारी वार्ता टोलि को हलुका र अत्यन्तै गैर जिम्मेवार अभिव्यकति का कारण हामी ले उक्त टोलि बहिष्कार गरियो । तेस पश्चात् अस्पताल सन्चालक सग वार्ता निरन्तर चलिरह्यो । प्रशासन हामिलाइ थकाउन, गलाउन अनि सामान्य बार्गेनिङ मा टुङ्याउन चाहन्थ्यो । हामि हाम्रो अडानमा अडिग थियोउ ! साझ पर्दै गय पछि परिवार का सम्बन्धित सदस्य हरु को सम्वेदना लाई पहिलो प्राथमिक ता अरु दोश्रो मा परे त्यो आवस्यक नै थियो । हाम्रो कमजोरी माथी अस्पताल ले खेलि पहिलो काम शव हस्तान्तरण गर्ने र बाकी आज १० बजे बसेर गर्ने भनी चतुर्‍याइँ पुर्वक कन्भिन्स भयो ! केही क्षेती पुर्ती र आज १० बजेसम्म अस्पताल बन्द गरि आजको वार्ता पश्चात् थप निर्णय लिने भनी शब बुझियो । परिवार को त्यो चाहना र आवश्यकता स्वभाविक नै थियो र हामी पनि शव बुझी दाहसंस्कार तर्फ लागियो ।
येस बिचमा चट्टानी अडान लिइ कसैको दबाब लाई पनि वास्ता नगरी अस्पताल लाई गल्ती स्वीकार गर्न बाध्य बनाउने आदरणीय युवराज कट्टेल सर,बुद्दी जिसि दाजु,विश्णु पन्थी दाजु, नारायण न्यौपाने ,डा.युवकध्वज जिसि ,डा.डिल्ली अर्याल लगायत सयोउ आफन्त,नातेदार ,सुभचिन्तक ,पत्राकार साथिहरु सबै सबै को चिन्ता र चासो का कारण अस्पताल ले आफ्नो गल्ति स्वीकार गरेको छ ।।
अर्को कुनै पनि कमला भट्टराई ले ॐ लगायत कुनै पनि अस्पताल मा यसरी ज्यान गुमाउनु नपरोस् भन्ने हामी सबैको स्पष्ट अडान हो !मेडिकल माफिया हरु विरुद्ध को लडाइ जारी रहनेछ । ”

संबन्धित समाचार

हजारौको ज्यान बचाएकी कमला आफु भने डाक्टरको लापरबाहीले गर्दा ज्यान गुमाउनु पर्‍यो

अस्पतालको चरम लापरबाही, एक महिलाको मृत्यु (हेर्नुहोस् भिडियो सहित!)

प्रतिक्रिया दिनुहोस्