Logo

एनएमबी बैंक र विभिन्न उद्यमी सङ्घबीच मझदारीपत्रमा हस्ताक्षर



Spread the love

२४ माघ, काठमाडाैँ – एनएमबी बैंक र विभिन्न उद्यमी सङ्घबीच कर्जा सहुलियत एवं साझेदारी गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल हाते कागज उद्यमी सङघ, राष्ट्रिय अल्लो उद्यमी सङघ नेपाल तथा नेपाल उद्यमशील महिला महासङ्घबीच क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी समझदारी भएको हो ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते कागज उद्यमी सङ्घका तर्फबाट अध्यक्ष, नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी सङ्घका तर्फबाट बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासङ्घका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे । बैंकले परम्परागत बैंकिङभन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको जस्तै साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशिल विकास प्रवद्र्घन गर्न सहुलियतपूर्ण कर्जा मा जोड दिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यानले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङको सिद्धान्तमा उभिएको बताए ।

प्रतिक्रिया दिनुहोस्