Logo

भिडाल इन्टरमा अनुबन्ध हुन तयार– जामारानाे



Spread the love

एजेन्सी । इन्टर मिलानका पूर्व खेलाडी इभन जामोरानोले बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इन्टर मिलानमा अनुबन्ध हुन खोजेको बताएका छन् ।

जनवरी ट्रान्सफर विन्डोज बन्द हुनुभन्दा पहिला भिडाल इन्टर मिलानमा छिर्ने कोशिस गरेका थिए तर उनी अनुबन्ध हुन सकेनन् ।

अलेक्सिस सान्चेस लोनमा मिलानमा अनुबन्ध भएका थिए । उनलाई म्यानचेस्टर युनाइटेडले क्लबमा भित्राउने योजना बनाइरहेको छ । जामारानो भने चिलीका दुबै खेलाडी एकैसाथ इन्टर मिलानमा खेल्नेमा आशावादी रहेका छन् ।
“सान्चेसले युनाइटेडसँग सम्झौता गरेका छन् तर उनी कुन क्लबबाट खेल्नेछन् भन्ने कुरा हामीले देख्नेछौँ,” जामारानोले भने ।

“म सान्चेस मिलानमा रहेको देख्न चाहन्छु । जुनमा सम्भव भए चिलीका टिममेट भिडाल पनि मिलानमा अनुबन्ध हुने सम्भावता धेरै छ । म यो कुरामा आशावादी छु कि दुबै चिलीका खेलाडी अर्को सिजनमा मिलानमा हुनेछन् । इन्टर मिलानका समर्थकहरु भिडाल पाउँदा खुशी हुनेछन्, ” जामारानोले थपे ।

जामारानो चिलीका स्ट्राइकर हुन् । जामारानोले इन्टर मिलानलाई १९९७–१९९८ सिजनको यूईएफए कप जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्