Logo

राससका पूर्व सहव्यवस्थापक शाक्यको निधन



Spread the love

२६ माघ, काठमाडाैँ – राष्ट्रिय समाचार समिति (रासस)का पूर्व सहव्यवस्थापक समुन्द्रबहादुर शाक्यको हृदयाघातका कारण शनिबार निधन भएको छ ।

हृृदयाघातपछि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारको क्रममा ६५ वर्षीय शाक्यको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राससमा उनले समाचार शाखा र व्यवस्थापनमा ३९ वर्ष सेवा गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उनको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

–––

प्रतिक्रिया दिनुहोस्