Logo

इटालियन सिरी ‘ए’: रोनाल्डोको कीर्तिमानी गोलको बाबजुद युभेन्टस पराजित



Spread the love

एजेन्सी। इटालियन जाइन्ट युभेन्टस इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँग पराजित भएको छ । युभेन्टस घरेलु टोलीसँग २–१ ले पराजित भएको हो ।

भेरोनामा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा फावियो बोरिनी र जियामपाओलो पाजिनीले गोल गरे । रोनाल्डोले गरेको सान्त्वना गोल बन्यो । भेरोनाविरुद्ध गोल गर्दै रोनाल्डोले सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । उनी युभेन्टसबाट सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी बने ।

हारपछि युभेन्टसको २३ खेलबाट ५४ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ५१ अंक छ । हेलास भेरोना ३४ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्