Logo

सुत्नुभन्दा पहिले एक गिलास तातोपानी पिउन आवश्यक !



Spread the love

एजेन्सी। हामी स्वस्थ रहन चाहन्छौ भने दिनभरीमा ८ देखि ९ गिलास पानी पिउनु अत्यन्तै आवश्यक छ । चिसो मौसममा हल्का मनतातो पानी नै पिउनु फाइदाजनक हुने विशेषज्ञहरु बताउँछन् । पानी स्वास्थ्यको लागि निकै महत्वपूर्ण पदार्थ हो ।

रातमा पाचन प्रक्रिया निकै तीव्र गतिमा हुने भएकाले सजिल्यै खाना पचाउनको लागि रातिमा तातोपानी पिउन आवश्यक हुन्छ । यदि हरेक दिन सुत्नुअघि १ गिलास तातोपानी पिउँदा खानालाई पचाउने, शरीरमा फ्याट जम्मा हुन नदिने र तौल घट्न मद्दत गर्छ ।

यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । तातोपानीले शरीरको तापक्रम बढाउँछ । र पसिना निकाल्ने गर्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुने र शरीरको विषाक्त पदार्थ फाल्ने काम गर्छ ।

तातोपानीले थकान कम गराउने, छालामा चमक ल्याउने, उमेर कम देखाउने र कपालको लागि पनि फाइदा गर्छ । राति सुत्नुअघि तातोपानी एक गिलास पिउने गर्दा दिनभरीको थकान कम गर्ने र शरीरका विभिन्न भाग दुखेमा पनि फाइदाजनक हुने हुन्छ ।

त्यसैगरी तातोपानीले डिप्रेशन र तनाव पनि कम गर्ने भएकाले रातिमा सुत्नुअघि पिउँदा राम्रोसँग निन्द्रा लाग्ने र फ्रेस बनाउँन पनि मद्दत गर्छ । त्यतिमात्र होइन तातोपानीले हामीले खाएको खानेकुरामध्ये नचाहिने खानेकुरालाई घोल्ने काम गर्छ जसले गर्दा पाचन प्रक्रिया सही ढंगले सञ्चालन हुन पाउँछ ।

त्यतिमात्र होइन, तातोपानीले रगतलाई शुद्ध बनाउन गर्छ । जसले प्राकृतिक रुपमा नै रगत पातलो बनाउने हुँदा कोलेस्ट्रोलमा पनि तातोपानी फाइदाजनक हुनछ । रगतलाई राम्रोसँग घुलाउने भएकाले धमनीहरुमा रगत जम्न नपाउने हुँदा हृदयघातको सम्भावना पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्