Logo

ए डिभिजन लिग: एनआरटीलाई पराजित गर्दै साविक विजेता मनाङ उक्लियो तेस्रो स्थानमा



Spread the love

२६ माघ, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको ११ औं चरणको अन्तिम खेलमा मनाङले एनआरटीलाई पराजित गर्दै अंक तालिकामा थ्री स्टारलाई पछि पारेको हो ।

३५ औं मिनेटमा विमल रानाको गोलबाट अग्रता बनाएको मनाङका लागि ४३ औं मिनेटमा अन्जनले गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । ६५ औं मिनेटमा अन्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको अग्रतालाई तेब्बर बनाए । एनआरटीका लागि ८९ औं मिनेटमा सकल रेग्मीले एक गोल फर्काउँदै गोलअन्तर कम पारेका थिए । तर इन्जुरी टाइममा भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई ४-१ को जित दिलाए ।

जीतपछि ११ खेलबाट मनाङले २२ अंक जोडेको छ । मनाङसंग पराजित भएपछि ११ खेलबाट १५ अंक रहेको एनआरटी सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्