Logo

आईसीसी विश्वकप लिग २: अकिबको शतकीय अलराउन्ड प्रर्दशनमा नेपालको अर्को हार



Spread the love

२६ माघ, काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ दशमलव २ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो । बलियो योगफल बनाए पनि नेपालको बलिङ नचल्दा पराजित हुन पुगेको हो ।

ओमानका लागि जशन मक्सादले अर्धशतकीय पारी खेले । जशन ७९ बल खेल्दै ८ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय पारी खेले । खवर अलीले ४१ रन बनाउँदा जितेन्द्र सिंहले २३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने सर्वाधिक महगा खेलाडी साबित भए । १० ओभर बलिङ गरेका सन्दीपले ६५ रन खर्चिए । नेपालका लागि लागि कुशल मल्ल र सुशन भारीको नाममा समान एक विकेट रह्यो ।

यसअघि आइतबार बिहान टीयू मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ४९ रन बनाएको थियो । जुन नेपालले ओडीआईमा विपक्ष्यलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्ध शतकीय इनिङ पारी खेले । दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको महत्वूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८, सुवास खकुरेलले २२, करण केसीले १० रन बनाए । सन्दीप लामिछानेले अविजित १० रन जोड्दा कमल सिंह ऐरीले अविजित ९ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरी भने खाता नखोली आउट भए ।

ओमानका लागि अलराउण्डर अकिब इल्यासले सर्वाधिक ४ विकेट लिए । यस्तै मोहम्मद नदिमले ३ विकेट लिए । १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । नदिमले ८ ओभरमा १ मेडन राख्द ४४ रन खर्चेर ३ विकेट लिए । एक विकेट भने रनआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्