Logo

ला लिगामा क्याटलान क्लब बार्सिलोनाको संघर्षपुर्ण जित



Spread the love

एजेन्सी। बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपुर्ण जित हात पारेको छ । बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउने क्रममा फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरे । घरेलु टोली बेटिसका सर्जियो कानालेस र नविल फेकिरले गोल गरे ।

आइतबार राति भएको खेलमा घरेलु टोली बेटिसले खेलको छैटौँ मिनेटमा नै सर्जियो कानालेसको पेनाल्टीमार्फत अग्रता बनायो । तर, तीन मिनेटपछि नै फ्रान्की डि जोङले खेल बराबरी गरे । नबिल फेकिरले २६ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै बेटिसलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा सर्जियो बुस्क्वेट्सले बराबरी गोल फर्काए । खेलको ७३ औँ मिनेटमा लियोनेल मेस्सीको फ्रिकिकमा हेडमार्फत गोल गर्दै क्लेमेन्ट लेङ्लेटले बार्सिलोनालाई जित दिलाए ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियाल म्याड्रिडलाई पछ्याइरहेको छ । बार्सिलोनाको २३ खेलबाट ४९ अंक छ । उति नै खेलबाट रियालको ५२ अंक छ । रियल बेटिस २८ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्