Logo

९२ औँ ओस्कारमा कसले के जित्यो ?



Spread the love

एजेन्सी । चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित अवार्ड हो एकेडेमी अवार्ड अर्थात् ओस्कार । सन् १९२९ बाट विभिन्न विधामा ओस्कार अवार्ड दिन थालिएको हो । ९२ औँ ओस्कार भर्खर सम्पन्न भएको छ ।

९२ औँ ओस्कारमा जोकर चलचित्र विभिन्न ११ विधामा मनोनित भएको थियो । यसैगरी मार्टिन स्कोर्सेजको आइरिसम्यान र क्वान्टिन टारन्टिनोको वान्स अपन अ टाइम इन हलिउड दश–दश विधामा मनोनित भएको थियो ।

१) उत्कृष्ट अभिनेता

अभिनेता वाकिन फिनिक्सले चलचित्र जोकरबाट उत्कृष्ट अभिनेताकाे विधामा ओस्कार जितेका छन् । फिनिक्स यसभन्दा अगि ग्लाडिएटर, वाक द लाइन र द मास्टरबाट उत्कृष्ट कलाकारको रुपमा मनोनित भए पनि ओस्कार भने हात पार्न सकेका थिएनन् ।

२) उत्कृष्ट अभिनेत्री

अभिनेत्री रिने जल्वेगरले चलचित्र जुडीबाट उत्कृष्ट अभिनेत्रीको विधामा ओस्कार जितेकी छिन् । चलचित्र जुडी उत्कृष्ट अभिनेत्री र बेस्ट मेकअप र हेयरस्टाइलिङ्को विधामा मनोनयन भएको थियो ।

३) उत्कृष्ट सहायक अभिनेता
अभिनेता ब्राड पिटले चलचित्र वान्स अपन अ टाइम इन हलिउडबाट उत्कृष्ट सहायक अभिनेताकाे ओस्कार जितेका छन् ।

४) उत्कृष्ट सहायक अभिनेत्री

कलाकार लौरा डर्नले म्यारिज स्टोरीबाट बेस्ट उत्कृष्ट सहायक अभिनेत्रीकाे अवार्ड जितेकी छिन् । चलचित्र म्यारिज स्टोरी विभिन्न ६ विधामा मनोनित भएको थियो ।

५) उत्कृष्ट निर्देशक

उत्कृष्ट निर्देशकको रुपमा द आइरिसम्यानका मार्टिन स्कोर्सेज, जोकरका टोड फिलिप, १९१७ का साम मेन्डिस, पारासाइटका बोन जुन हो र वान्स अपन अ टाइम इन हलिउडका क्वान्टिन टारन्टिनो मनोनित भएका थिए । यी पाँचमध्ये पारासाइटका निर्देशक बोन जुन होले उत्कृष्ट निर्देशकको ओस्कार जितेका छन् ।

६) उत्कृष्ट चलचित्र

उत्कृष्ट चलचित्रको अवार्ड प्यारासाइटले पाएको छ । उत्कृष्ट चलचित्रको मनोनितमा १९१७, द आइरिसम्यान, फर्ड भर्सेज फरारी, जोजो र्याबिट, वान्स अपन अ टाइम इन हलिउड, म्यारिज स्टोरी, जोकर र प्यारासाइट परेका थिए । प्यारासाइट चलचित्र उत्कृष्ट चलचित्रकाे अवार्ड जित्ने पहिलाे गैर अङ्ग्रृजी भाषाकाे चलचित्र हाे ।

७) उत्कृष्ट विदेशी भाषाको चलचित्र

उत्कृष्ट विदेशी भाषाको चलचित्रकाे ओस्कार प्यारासाइटले जितेको छ ।

८) उत्कृष्ट पटकथा

चलचित्र प्यारासाइटले उत्कृष्ट पटकथाको विधामा पनि ओस्कार जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्